भौतिक पूर्वाधार अभावले बढि कैदी राख्नुपर्ने बाध्यता छ : गृहमन्त्री

भौतिक पूर्वाधार अभावले बढि कैदी राख्नुपर्ने बाध्यता छ : गृहमन्त्री
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २८, बुधबार १५:१५
भौतिक पूर्वाधार अभावले बढि कैदी राख्नुपर्ने बाध्यता छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताएका छन्।

बुधबार बसेको कानुन न्याय तथा मानव अधिकारी समितिको बैठकमा बोल्दै उनले धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था रहेको बताउँदै कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको बताए।

ADVERTISEMENT

उनले भने,‘समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको छ। धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था छ। कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको छ । व्यवस्थापनको काम गरिरहेको छौं।’

त्यस्तै उनले सात हजार जना कैदी बन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको र ४० वटा कारागारमा बन्दीहरुलाई सामुहिक मनोसामाजिक परामर्श प्रदान गरिएको जानकारी गराए।

मन्त्री लेखकले दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परिक्षण गरिएको र १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको पनि जानकारी दिए।

‘सात हजार जना कैदीबन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको छ। त्यसले समयको सदुपयोग हुन्छ। ४० वटा कारागारमा बन्दीहरुलाई सामुहिक मनोसामाजिक परामर्श प्रदान गरिएको छ।

विभागबाट ५४ वटा कारागार अनुगमनगरी सुधारका लागि पृष्ठपोषण प्रदान गरिएको छ। दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परिक्षण गरिएको छ। १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको छ। ’

उनका अनुसार कैदी बन्दीहरुको स्वास्थ्य बीमा पनि सुरु गरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार १५:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !