सरकारी अस्पतालप्रति नागरिकको विश्वास आवश्यक : मुख्यमन्त्री सिंह

सरकारी अस्पतालप्रति नागरिकको विश्वास आवश्यक : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २८, बुधबार ००:०२
सरकारी अस्पतालप्रति नागरिकको विश्वास आवश्यक : मुख्यमन्त्री सिंह

रौतहट : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी अस्पतालप्रति आम नागरिकको विश्वास बढाउन आवश्यक रहेको बताएका छन्।

“नागरिकले निजीभन्दा सरकारी अस्पतालप्रति बढी विश्वास गर्छन्,” उनले भने, “हामीले सकेसम्म छिटो र भरपर्दो सेवा दिएर जनताको मन जित्नुपर्छ।”

ADVERTISEMENT

रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा मातृ–शिशु स्वास्थ्य (एमसीएच) क्लिनिक र चमेनागृहको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले न्यूनतम खर्चमा गुणस्तरयुक्त स्वास्थ्य सेवा पाउने अवस्था सिर्जना गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए। उनले गौर प्रादेशिक अस्पतालमा नर्सिङ अध्ययन सुरु गर्न पहल गर्ने आश्वासन पनि दिए।

“गैरकानुनी रूपमा सञ्चालित निजी अस्पताललाई अनुगमनमार्फत बन्द गराएको छु,” उनले भने, “केहीले स्थानीय तहको अनुमति लिएर पुनः सञ्चालन गरेका छन् तर अधिकांशले मापदण्ड पूरा नगरेको जानकारी छ। अस्पताल अनुगमनलाई निरन्तरता दिनेछु।”

उनको नेतृत्वमा धेरै इजाजतविना सञ्चालनमा रहेका निजी अस्पताल बन्द गरिएका छन्। तर, केही स्थानीय तहले मापदण्डबिना सञ्चालन भएका अस्पताललाई पनि छुट दिएका छन्।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले संघीयता अघि र पछि अस्पतालको अवस्थामा स्पष्ट परिवर्तन देखिएको उल्लेख गरे।

प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार ००:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !