रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथिको बहस सकियो, आजै आदेश आउने

रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथिको बहस सकियो, आजै आदेश आउने
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २६, सोमबार १७:३४
रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथिको बहस सकियो, आजै आदेश आउने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथिको बहस सोमबार सकिएको छ।

लामिछानेको निवेदनमाथि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ भएको हो। अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार बहस पूरा भइसकेकाले आजै आदेश दिने तयारी गरिएको छ।

ADVERTISEMENT

गत चैत २५ गतेदेखि बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेले साउन १९ गते अदालतमा निवेदन दर्ता गरेका थिए। उनले आफूलाई परेको बिगो बराबरको जमानत बुझाएर रिहा गर्न माग गरेका हुन्।

प्रकाशित मिति: २०८२ श्रावण २६, सोमबार १७:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !