बस र माइक्रोबस ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

बस र माइक्रोबस ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २६, सोमबार ०९:५४
बस र माइक्रोबस ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस र माइक्रोबस एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन्। मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

ADVERTISEMENT

घाइतेहरुलाई इनरुवा, विराटनगर न्युरो तथा नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २६, सोमबार ०९:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !