किसानको दु:ख

किसानको दु:ख
पुजाकुमारी पण्डित पुजाकुमारी पण्डित २०८२ श्रावण २५, आईतवार २१:५८
किसानको दु:ख

दुःख कसलाई भन्छ, किसानलाई सोध,
माटोसँग खेलेको, पसिनासँग दोस्त।
आज त्यो माटो पनि चिरा परेर रोयो,
आकाश त अक्खड, एक थोपा पनि नदियो।

पानीमै रमाउने खेतमा सुख्खा आगो बल्यो,
धानको सपना मरेर माटो भुसको भइ गयो।
आँखा सुकेको, आँसु पनि टुटिसक्यो,
मनको पिडा बोकेर प्रभुलाई पुकारिसक्यो।

ADVERTISEMENT

हे प्रभु! एक नजर त कर, यो शून्यमा भरिदे,
यो जीवनको खेतीमा, वर्षाको माया झरिदे।
नपर्ने पानीले ज्यानै जोगाउन गाह्रो भयो,
आशा बोकेर हरेक बिहान उब्जनीको गीत गयो।

जसको पसिनाले देशको भान्सा चल्दछ,
त्यो किसान आज भोक र तिर्खामा डुब्दछ।
दुःख कसलाई भन्छ, किसानलाई सोध,
उसको पीडा बुझ्न, माटोको सुगन्धै खोज।

रचनाकार पण्डित जनकनन्दिनी गाउँपालिकाकी खजुरी निवासी हुन् ।

प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार २१:५८
पुजाकुमारी पण्डित

पुजाकुमारी पण्डित

लेखक


तपाईको प्रतिक्रिया !