उपेन्द्र यादव भन्छन्—सार्क ‘कोमामा छ’, फर्किने हो कि होइन अहिले पनि ठेगान छैन

उपेन्द्र यादव भन्छन्—सार्क ‘कोमामा छ’, फर्किने हो कि होइन अहिले पनि ठेगान छैन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २५, आईतवार २१:२१
उपेन्द्र यादव भन्छन्—सार्क ‘कोमामा छ’, फर्किने हो कि होइन अहिले पनि ठेगान छैन

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुन: सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दक्षिण एशियामा सार्कको महत्व धेरै रहेको भए पनि अहिले कोमामा रहेको टिप्पणी गरे ।

ADVERTISEMENT

उनले अब सार्क फर्किने हो वा होइन भन्ने ठेगान नभएको पनि बताए ।

‘सार्क त अब मरिसक्यो भनि नहालाँै, तर कोमामा गइसकेको छ । फर्किने हो की होइन ठेगान छैन । लामो समयदेखि,’ यादवले भने, ‘तर यसको आवश्यकता छ । यो रिजनल कोअप्रेसन एण्ड कोर्डिनेसन हो । टेरेरिस्ट एक्टिभिटिजहरुलाई मिनिमाइज गर्ने र समाप्त पार्ने च्यानलको लागि एउटा कोअप्रेशन हो ।’

विगतमा सार्कमा पनि काउण्टर टेरेरिजमको कुरा उठेको उनले बताए । आतंकवादी गतिविधिलाई समाप्त गर्ने च्यानल आवश्यक रहेको यादवको जिकिर छ ।

‘दोस्रो यसको उत्पन्न हुने कारण के हो ? रुट कज केको हो । एकैनासको त छैन । त्यो रूटकजहरूलाई पत्ता लगाएर बेलैमा समस्या समाधान गर्नुपर्छ । अर्को त्यसका रिसोर्सहरूको च्यानललाई रोक्नुपर्छ,’ उनले भने ।

अध्यक्ष यादवले आतंकवादी गतिविधि नियन्त्रण गर्न आर्थिक सहयोग कसैले पनि गर्न नहुने पनि बताए ।

प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार २१:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !