जनकपुरमा रेलले कार किचेपछी…!

जनकपुरमा रेलले कार किचेपछी…!
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २५, आईतवार ०९:४२
जनकपुरमा रेलले कार किचेपछी…!

जनकपुरधाम : जनकपुरस्थित थापा चौकदेखि प्रदेश प्रहरी कार्यालयतर्फ जाँदै गरेको एक कारलाई भारतीय रेलगाडीले किचेको छ।

आइतबार बिहान करिब ८:४५ बजे कुर्थाबाट जनकपुर आउँदै गरेको शाकुरबस्ती १७८३१५ नम्बरको रेलगाडीले बागमती प्रदेश ०१–०२५च १२९० नम्बरको टाटा कारलाई ठक्कर दिएको हो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुण सिंहका अनुसार कारमा सवार तीनै जना सकुशल छन्।

कार थापा चौकनजिकै रेलको पटरीमा अड्किँदा कुर्थातर्फबाट आएको रेलगाडीको अगाडिको भागले झन्डै २०–२५ मिटरसम्म घिसार्दै लगेको थियो। सो क्रममा चालक बस्ने ढोका रेलले च्यापे पनि चालक जोगिएका छन्।

‘रेल रोकेर थोरै ब्याक गरेपछि चालकले ढोका खोलेर टाउको समात्दै अस्पतालतर्फ दौडे,’ एक प्रत्यक्षदर्शीले भने।

प्रहरीका अनुसार कार हिरा अस्पतालका एक चिकित्सक चढ्ने भएको र दुर्घटनाका बेला भित्र तीन जना सवार थिए। कारमा भने व्यापक क्षति पुगेको छ।

प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार ०९:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !