जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर

जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २४, शनिबार १५:५८
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महन्थ ठाकुरले जनताले चाहेको खण्डमा अहिलेको शासन सत्ता एकैछिनमा ढल्ने बताएका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

ADVERTISEMENT

अधिकार र पहिचानका लागि थारु र मधेशका सयौं सपुतले बलिदानी दिए पनि अधिकारी पाउन नसकेको उनको गुनासो थियो । ‘अधिकार र पहिचानको निम्ति थारु र मधेशीका सयौं सपुतहरुले बलिदानी दिए तर हामीले अधिकार पाएनौं,’ उनले भने ।

वर्षौंदेखि जरा गाडेर बसेको राजतन्त्र पनि ढलेको बताउँदै जनताले चाहे अहिलेको शासन सत्ता पनि ढल्ने उनको भनाइ छ ।‘जनताले अस्वीकार गरेर राजतन्त्र ढल्न सक्छ भने अहिलेको शासन सत्ता पनि जनताले चाह्यो भने एकछिनमा ढालिदिन सक्छ,’ ठाकुरले भनेका छन् ।

देशमा संघीयता आए पनि अधिकार भने नपाएको उनको गुनासो थियो । आफूहरूले बनाएको मोर्चा सोही अधिकार प्राप्तिका लागि संघर्ष गर्नका लागि बनेको ठाकुरको भनाइ छ ।

प्रकाशित मिति: २०८२ श्रावण २४, शनिबार १५:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !