सर्लाहीमा नेपाली कांग्रेस परित्याग गर्दै सयौं नेताकार्यकर्ता जनमतमा प्रवेश

सर्लाहीमा नेपाली कांग्रेस परित्याग गर्दै सयौं नेताकार्यकर्ता जनमतमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २२, बिहीबार १४:५६
सर्लाहीमा नेपाली कांग्रेस परित्याग गर्दै सयौं नेताकार्यकर्ता जनमतमा प्रवेश

सर्लाही : सर्लाहीको बलरा नगरपालिका–८ गडहियामा नेपाली कांग्रेस परित्याग गर्दै सयौं स्थानीय जनमत पार्टीमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेस सर्लाही कार्यसमिति सदस्य लालकिशोर पासवानको नेतृत्वमा कांग्रेस परित्याग गरेका उनीहरूलाई बिहीबार आयोजित कार्यक्रमबीच जनमत पार्टीमा स्वागत गरिएको हो।

ADVERTISEMENT

बलराको गडहियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवले पासवानसहित सयौं नेताकार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराएका हुन्।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य संजय कुमार सिंह,बलरा नगरपालिका नगर कार्यसमितिक अध्यक्ष हरिनन्द प्रसाद यादव,नगर कार्यसमितिका कोषाध्यक्ष बिनोद पटेलसहितका स्थानीय नेताहरुको उपस्थिति थियो।

नवप्रवेशीहरूलाई श्रीचन यादवले टीका लगाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए। पार्टी प्रवेशपछि नेता यादवले जनमत पार्टीको लक्ष्य, नीति र कार्यक्रमप्रति विश्वास लिएर उनीहरू पार्टीमा प्रवेश गरेको बताए।

उनले आगामी निर्वाचनमा जनमत पार्टी सर्लाहीमा बलियो शक्ति बन्ने दाबी गरे।

 

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार १४:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !