रूपन्देही–३ मा जनमतको छुट्टै उम्मेदवार हुने : सीके राउत

रूपन्देही–३ मा जनमतको छुट्टै उम्मेदवार हुने : सीके राउत
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २२, बिहीबार १२:०६
रूपन्देही–३ मा जनमतको छुट्टै उम्मेदवार हुने : सीके राउत

रूपन्देही : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रूपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने स्पष्ट गरेका छन्।

संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट नागरिक उन्मुक्ति पार्टीले साझा उम्मेदवार खडा गर्ने तयारी गरिरहेकै बेला जनमतले भने अलग्गै उम्मेदवार तय गर्ने घोषणा गरेको हो।

ADVERTISEMENT

‘भ्रममा नपरौं, जनमत पार्टीले मेचीदेखि महाकालीसम्म आफ्नै उम्मेदवार उठाउने रणनीति अन्तर्गत रूपन्देही–३ मा पनि आफ्नै उम्मेदवार उठाउनेछ,’ राउतले भने, ‘अघिल्ला निर्वाचनहरूमा अरू पार्टीहरू कांग्रेस वा एमालेको गठबन्धनमा सामेल भएर चुनाव लडिरहेका थिए, जनमत पार्टी भने सधैं एक्लै लड्दै आएको छ। गठबन्धनमा सामेल भएको हाम्रो कुनै पूर्व अनुभव छैन।’

उनले जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन, अधिकार र पहिचानको आन्दोलनका सवालमा मात्रै साथ रहेको प्रस्ट पारे।

‘मोर्चा लुज एलायन्सको रूपमा अधिकार र संविधान संशोधनका मुद्दामा सहकार्य गर्न बनेको हो, चुनावी गठबन्धनका लागि होइन भन्ने कुरा हामी गठन हुनुुअघि र घोषणाकै बेला पनि स्पष्ट थियौं,’ राउतले भने।

 

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार १२:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !