बारामा क्रेनको फलामले लागेर एक जनाको मृत्यु

बारामा क्रेनको फलामले लागेर एक जनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २२, बिहीबार १०:००
बारामा क्रेनको फलामले लागेर एक जनाको मृत्यु

कलैया : बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति क्रेनको फलामले लागेर एक जनाको मृत्यु भएको छ।

भारत उत्तर प्रदेश, ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको फलामले टाउकोमा गम्भीर चोट लागेपछि मृत्यु भएको हो। यादव क्रेन अपरेटरको रूपमा कार्यरत थिए।

ADVERTISEMENT

क्रेनमार्फत फलाम उठाउने क्रममा फलाम आफैँले लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार १०:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !