सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान, उपनिर्वाचन जित्ने प्रतिबद्धता

सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान, उपनिर्वाचन जित्ने प्रतिबद्धता
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २१, बुधबार १६:२८
सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान, उपनिर्वाचन जित्ने प्रतिबद्धता

रुपन्देही: सङ्घीय लोकतान्त्रिक मोर्चाले वर्तमान राजनीतिक अवस्थालाई सम्बोधन गर्न “जनजागरण अभियान” सञ्चालन गर्ने भएको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा बुधबार रुपन्देहीको सियारीमा आयोजित कार्यक्रममा आगामी रुपन्देही–३ को उपनिर्वाचन जित्न जोड दिनुपर्नेमा सहभागीहरूले जोड दिए।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सत्ता गठबन्धनलाई अप्राकृतिक भएको बताए।

उनले देशलाई लुट्न र गल्तीहरू लुकाउनका लागि यो गठबन्धन बनेको आरोप लगाए। उनले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनलाई उत्पीडित र विभेदमा परेका जनताले गुलामीबाट मुक्ति पाउने कि मालिक बन्ने भन्ने कुराको परीक्षा हुने बताए।

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश आफूहरूको भए पनि राज्यसत्ता आफूहरूको नियन्त्रणमा नरहेको विचार व्यक्त गरे।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेसी समुदायले थारु समुदायलाई विश्वास गरेर सहयोग गरेको बताए। उनले रुपन्देही–३ को उपनिर्वाचन जसरी पनि जित्नुपर्नेमा जोड दिए।

सङ्घीय लोकतान्त्रिक मोर्चाले देशभर आठ स्थानमा जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार १६:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !