संघीय संसद्का दुई समितिको बैठक बस्दै

संघीय संसद्का दुई समितिको बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २०, मंगलवार ०९:२५
संघीय संसद्का दुई समितिको बैठक बस्दै

काठमाडौँ : संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक बस्दै छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ हुनेछ।

ADVERTISEMENT

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा पुरानै एजेन्डा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने संघीय संसद्का सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार ०९:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !