कमला नगरपालिका-५ का वडाध्यक्ष पासमान एमाले प्रवेश

कमला नगरपालिका-५ का वडाध्यक्ष पासमान एमाले प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १९, सोमबार १९:५८
कमला नगरपालिका-५ का वडाध्यक्ष पासमान एमाले प्रवेश

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–५ का निर्वाचित वडा अध्यक्ष शिवा पासमान नेकपा (एकीकृत समाजवादी) परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

मधेश प्रदेश सभा सदस्य लखन दासको पहलमा र नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको उपस्थितिमा आयोजित कार्यक्रममा पासमान एमालेमा प्रवेश गरेका हुन्।

ADVERTISEMENT

पार्टी प्रवेश कार्यक्रममा महासेठले पासमान र स्थानीय युवा नेता अजय कुमार गोइतलाई टीका र गम्छा लगाएर स्वागत गरे।

कार्यक्रममा बोल्दै एमाले नेताहरूले नवप्रवेशी नेताहरू पार्टी सुदृढीकरणमा सक्रिय हुने विश्वास व्यक्त गर्दै उनीहरूलाई बधाई तथा शुभकामना दिएका थिए।

शिवा पासमान हाल कमला नगरपालिका–५ का वडाध्यक्ष हुन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पटक निर्वाचित भएका थिए। त्यसपछि २०७९ सालको निर्वाचनमा दोहोर्‍याउँदै पुनः वडाध्यक्ष बनेका थिए।

पार्टीमा प्रवेश गरेका अर्का नेता अजय कुमार गोइत स्थानीय तहमा सामाजिक तथा राजनीतिक रूपमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित छन्।

 

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १९:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !