बर्दिबासमा ट्रकले स्कुटर ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

बर्दिबासमा ट्रकले स्कुटर ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १७, शनिबार २३:३०
बर्दिबासमा ट्रकले स्कुटर ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

महोत्तरी : बर्दिबास नगरपालिका–१० स्थित वनपथ क्षेत्रमा ट्रकको ठक्करबाट स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृतक सर्लाहीको लालबन्दी नगरपालिका–९ का ३८ वर्षीय नरकुमार आचार्य हुन्। उनी शनिबार स्कुटरमा श्रीमती धनकुमारी घिमिरेसँगै बर्दिबास जाँदै गर्दा विपरीत दिशाबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको हो।

ADVERTISEMENT

ठक्करबाट नरकुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए। गम्भीर घाइते भएकी घिमिरेको बर्दिबासस्थित अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८२ श्रावण १७, शनिबार २३:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !