कमला क्रिकेट लिग २०८२ को उपाधि वडा नं. ५ लाई

कमला क्रिकेट लिग २०८२ को उपाधि वडा नं. ५ लाई
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १७, शनिबार ०९:२८
कमला क्रिकेट लिग २०८२ को उपाधि वडा नं. ५ लाई

कमला (धनुषा) : धनुषाको कमला नगरपालिका–५ ले नगरस्तरीय ‘कमला क्रिकेट लिग २०८२’ को पहिलो सिजनको उपाधि जितेको छ।

गत असार २० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नगरपालिकाका सबै ९ वटै वडाका टोली सहभागी थिए। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ५ ले फाइनलसम्मको यात्रा तय गरेको थियो। उनले पाँचमध्ये चार खेल जितेका थिए भने एक खेलमा मात्र पराजित भएका थिए।

ADVERTISEMENT

सेमिफाइनलमा वडा नं. २ र वडा नं. ५ बीचको प्रतिस्पर्धामा अम्पायरको निर्णय विवादित बनेको थियो। अम्पायरको एक त्रुटिका कारण वडा नं. २ पराजित भएको सहभागीहरुले बताएका छन्।

फाइनल खेलमा वडा नं. ४ ले दिएको १२१ रनको लक्ष्य वडा नं. ५ ले १६ ओभरमै ३ विकेटको क्षतिमा पुरा गर्दै उपाधि जितेको हो।

आयोजक संस्था कमला युवा सञ्जालका अध्यक्ष विमलेश यादवका अनुसार विजेता टिम वडा नं. ५ लाई नगद २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ। उपविजेता वडा नं. ४ ले नगद १५ हजार र ट्रफी प्राप्त गरेको थियो।

फाइनल खेलको समापन समारोहमा पूर्व संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता दिनेश प्रसैला यादव प्रमुख अतिथि थिए। त्यस्तै, नगर उपप्रमुख शिलादेवी मण्डल र कांग्रेस नेता सत्यनारायण यादव विशिष्ट अतिथि रहेका थिए।

समापन समारोहमा अम्पायर, कमेन्टेटर, कर्मचारी र प्रतियोगितामा सहयोग गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा कमला बचाउ अभियानका अध्यक्ष विक्रम यादव, डा. दिग्विजय ठाकुर, नेता बिरेन्द्र यादव, जयनाथ यादव, रुपेश यादव, अजय यादव, सितेश मण्डल, राकेश यादव, बिरेन्द्र मुखिया, शशिकान्त मण्डल, अरुण यादव, सम्भु यादव, हल्खोरिसहित विभिन्न वडाका अध्यक्ष, खेलाडी र शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ श्रावण १७, शनिबार ०९:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !