सुस्तामा जनमतको पालिका समिति पुनर्गठन, शत्रुधन यादवको नेतृत्वमा २१ सदस्यीय समिति गठन

सुस्तामा जनमतको पालिका समिति पुनर्गठन, शत्रुधन यादवको नेतृत्वमा २१ सदस्यीय समिति गठन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १६, शुक्रबार १६:४१
सुस्तामा जनमतको पालिका समिति पुनर्गठन, शत्रुधन यादवको नेतृत्वमा २१ सदस्यीय समिति गठन

नवलपरासी : जनमत पार्टी नवलपरासीले सुस्ता गाउँपालिका समिति पुनर्गठन गरेको छ। शुक्रबार सम्पन्न कार्यक्रममा शत्रुधन यादवको नेतृत्वमा २१ सदस्यीय नयाँ समिति गठन गरिएको हो।

पुनर्गठन कार्यक्रम जनमत पार्टी नवलपरासीको आयोजनामा भएको हो। कार्यक्रमको अध्यक्षता जिल्ला संगठन विभाग प्रमुख खगेश्वर थारुले गरेका थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सचिव बालगोबिन्द्र चौधरी प्रमुख अतिथि थिए।

ADVERTISEMENT

त्यसैगरी, केन्द्रीय सदस्य मनोज कुसवाहा विशिष्ट अतिथिका रूपमा सहभागी थिए। लुम्बिनी प्रदेश सदस्य सन्तोष गिरि र असरफ अली चुरिहार, जिल्ला सचिव कैलाश गुप्ता, कृष्ण कन्हैया लाल कुर्मी, सिकेन्द्र गुप्ता, सन्दीप राजभर र रन्जित यादव अतिथिका रूपमा सहभागी थिए।

नयाँ समितिले संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन शैलेश कुमार चौधरीले गरेका थिए।

 

प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार १६:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !