डिभिजन वन प्रमुख हेमन्त साह सम्मानित

डिभिजन वन प्रमुख हेमन्त साह सम्मानित
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १४, बुधबार २०:०२
डिभिजन वन प्रमुख हेमन्त साह सम्मानित

रौतहट : डिभिजन वन कार्यालय रौतहटका डिभिजन प्रमुख हेमन्त साह सम्मानित भएका छन्। वन संरक्षण, काठ तस्करी नियन्त्रण तथा जैविक विविधता जोगाउन पु-याएको योगदानका लागि उनलाई दोसाला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।

नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव गोविन्द प्रसाद चौलागाईंको जन्मदिनको अवसरमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ भन्ने नारासहित आयोजित विशेष वृक्षारोपण कार्यक्रमका क्रममा प्रमुख अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले साहलाई सम्मान गरेका हुन्।

ADVERTISEMENT

डिभिजन प्रमुख साह करिब ११ महिनादेखि रौतहटमा कार्यरत छन्। कार्यकाल अवधिभर उनले विभिन्न चुनौतीका बीच वन अतिक्रमण नियन्त्रण, अवैध फडानी रोकथाम, काठ तस्करी नियन्त्रण, जैविक विविधता संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्न उल्लेखनीय भूमिका खेलेका छन्।

उनकै अगुवाइमा अतिक्रमणमा परेका वन क्षेत्रमा संरक्षण कार्यक्रम सञ्चालन गरी वृक्षारोपण समेत गरिएको आयोजकले जनाएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण १४, बुधबार २०:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !