क्षिरेश्वरनाथ नगरपालिकाको नयाँ भवनमा सर्ने तयारी अन्तिम चरणमा,भोलि उद्घाटन हुने

क्षिरेश्वरनाथ नगरपालिकाको नयाँ भवनमा सर्ने तयारी अन्तिम चरणमा,भोलि उद्घाटन हुने
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १३, मंगलवार १७:२०
क्षिरेश्वरनाथ नगरपालिकाको नयाँ भवनमा सर्ने तयारी अन्तिम चरणमा,भोलि उद्घाटन हुने

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले निर्माण सम्पन्न गरेको नयाँ प्रशासनिक भवनबाट अब सेवा प्रवाह गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। नगरपालिकाले भोलि श्रावण १४ गते बुधबार विशेष कार्यक्रमको बीच नयाँ भवन उद्घाटन गर्दै सो भवनबाट सेवा सुरु गर्ने जनाएको छ।

नगरपालिकाले भवन उद्घाटनका लागि नगरप्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो। सो अवसरमा जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने तथा प्रसाद वितरण कार्यक्रम पनि राखिएको छ। कार्यक्रममा नगरवासीहरूको प्रत्यक्ष सहभागिता रहने बताइएको छ।

ADVERTISEMENT

नगरपालिकाका अनुसार सोही कार्यक्रममा भावी सेवा प्रवाह, योजना र सुविधाहरूबारे पनि जानकारी दिने तयारी गरिएको छ। नयाँ भवनबाट सेवा सञ्चालन भएपछि नगरवासीले अझ सजिलो, प्रभावकारी र व्यवस्थित सेवा पाउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

नगरप्रमुख यादवले भवन निर्माणमा साथ र सहयोग गर्ने सम्पूर्ण नगरवासी, कर्मचारी र सरोकारवाला पक्षप्रति आभार प्रकट गरेका छन्। उनले आगामी दिनमा पनि नगरको समग्र विकासमा सहकार्य गर्न सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार १७:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !