मुख्यमन्त्री सिंहको पहलमा सबैलामा आपतकालीन खानेपानी वितरण सुरु

मुख्यमन्त्री सिंहको पहलमा सबैलामा आपतकालीन खानेपानी वितरण सुरु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ६, मंगलवार १२:५२
मुख्यमन्त्री सिंहको पहलमा सबैलामा आपतकालीन खानेपानी वितरण सुरु

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको पहलमा धनुषाको सबैला नगरपालिकामा आपतकालीन खानेपानी वितरण कार्यक्रम सुरु गरिएको छ। कार्यक्रम प्लान इन्टरनेसनलको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको हो।

अत्यधिक गर्मी र पानीको अभावले प्रभावित स्थानीय समुदायलाई लक्षित गरी सोमबारदेखि सुरु गरिएको उक्त कार्यक्रममार्फत सुरक्षित तथा स्वच्छ खानेपानी वितरण थालिएको हो।

ADVERTISEMENT

मुख्यमन्त्री सिंहले प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन संघसंस्था तथा सरोकारवाला निकायहरूलाई सक्रिय हुन आग्रह गरेका थिए।

प्लान इन्टरनेसनलले सञ्चालन गरेको कार्यक्रममा विशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता दिइने जनाइएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार १२:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !