शिक्षिकालाई आत्महत्या गर्न बाध्य पार्ने राजकिशोर यादव प्रहरीको फन्दामा

शिक्षिकालाई आत्महत्या गर्न बाध्य पार्ने राजकिशोर यादव प्रहरीको फन्दामा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ६, मंगलवार ००:१०
शिक्षिकालाई आत्महत्या गर्न बाध्य पार्ने राजकिशोर यादव प्रहरीको फन्दामा

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासकी ३४ वर्षीया शिक्षिका बिमला कुमारी मोक्तानको आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने ५५ वर्षीय राजकिशोर यादव रहेका छन्। उनलाई धनुषा प्रहरीले सोमबार पक्राउ गरेको हो।

ADVERTISEMENT

गत साउन १ गते बिहान करिब ४:४५ बजे बिमला मोक्तान जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनी सो विद्यालयमा बालविकास शिक्षिका रूपमा कार्यरत थिइन्।

प्रहरीका अनुसार मृतक मोक्तानको स्कुटी (ज ११ प ७४९२) मा रहेको पर्सबाट सुसाइड नोट फेला परेको थियो। सुसाइड नोट र घटनाको अनुसन्धानबाट प्राप्त तथ्यहरूले मोक्तानले लामो समयदेखि राजकिशोर यादवबाट मानसिक यातना पाउँदै आएकी थिइन् भन्ने देखिएको छ।

प्रहरीको भनाइअनुसार यादवले बिमलासँग अझै ४५ लाख रुपैयाँ लिनुपर्ने भन्दै बारम्बार मानसिक दबाब, ब्ल्याकमेल तथा धम्की दिँदै आएकाले ती शिक्षिकाले आत्महत्या गर्न बाध्य भएको खुल्न आएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार ००:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !