शहिद नगरमा गहिरिँदो भ्रष्टाचार: किसान र उपभोक्ता दुवै पीडित

शहिद नगरमा गहिरिँदो भ्रष्टाचार: किसान र उपभोक्ता दुवै पीडित
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ५, सोमबार २२:१९
शहिद नगरमा गहिरिँदो भ्रष्टाचार: किसान र उपभोक्ता दुवै पीडित

उनिका यादव ( विचार )
शहिद नगर नगरपालिका आजभोलि गहिरो संकटको सामना गरिरहेको छ। समस्या केवल राजनीतिक तहमा सीमित छैन, यसको चपेटामा कर्मचारीतन्त्रदेखि लिएर सामाजिक संरचना नै परेको छ। भ्रष्टाचार हरेक तहमा मौलाउँदै गएको छ, जसको प्रत्यक्ष असर आम नागरिकको जीवनशैलीमा देखिन्छ।

सबैभन्दा ठूलो पीडा उत्पादन गर्ने किसान र उपभोग गर्ने नागरिक दुवैले भोग्नुपरेको छ। किसानको मल, बिउ, सिंचाइदेखि बजारमा उचित मूल्यसम्मको समस्या उस्तै छ। अर्कोतर्फ उपभोक्ताले गुणस्तरीय वस्तु र सेवा नपाएर दिनदिनै ठगिनुपरेको अवस्था छ। यस्ता गतिविधिहरूमा संलग्नहरू न त कारबाहीको दायरामा पर्छन्, न नै उनीहरूलाई समाजले प्रश्न गर्छ। यसले गर्दा दण्डहीनताको संस्कार झन् बलियो भएको छ।

ADVERTISEMENT

सामाजिक र नैतिक इमानदारीको संकट भयावह रूपमा फैलिँदो छ। जब भ्रष्टाचारलाई सहज रूपमा लिइन्छ, तब समाजमा इमानदार व्यक्तिहरू पनि हतोत्साहित हुन्छन्। यसले दीर्घकालीन रूपमा सामाजिक संरचना नै कमजोर बनाउने खतरा बोकेको छ।

अब समय आएको छ कि राजनीतिक दलहरू, नागरिक समाज, बुद्धिजीवी वर्ग र स्थानीय सरकार सबै मिलेर निर्मम समीक्षा गरुन्। विगतका गल्ती स्वीकार्दै, ठूलो प्रतिबद्धताका साथ सुशासन, पारदर्शिता र जनहितका कामलाई प्राथमिकता दिइयोस्। शहिद नगरलाई नामजस्तै इमान, न्याय र परिवर्तनको प्रतीक बनाउने संकल्प लिनुपर्छ। हामी सबैको साझा जिम्मेवारी हो—यो नगरलाई सही दिशा दिने।

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार २२:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !