लंगुरखोलास्थित महादेव मन्दिरमा हत्या, सिरहा घर भएका युवकको परिचय खुल्न बाँकी

लंगुरखोलास्थित महादेव मन्दिरमा हत्या, सिरहा घर भएका युवकको परिचय खुल्न बाँकी
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ५, सोमबार २१:०१
लंगुरखोलास्थित महादेव मन्दिरमा हत्या, सिरहा घर भएका युवकको परिचय खुल्न बाँकी

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका–०२ मा अवस्थित मधुगंगा महादेव मन्दिर (लंगुरखोला) दर्शन गर्न गएका एक युवकको आफ्नै साथमा गएका युवा समूहका सदस्यहरूले हत्या गरेका छन्।

सिरहा घर बताउने ती युवक शनिबार मन्दिर दर्शनका लागि समूहसहित गएका थिए। तर दर्शनकै क्रममा ती युवकमाथि चक्कु र गोली प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार ती युवकको हत्या गरेर घटनास्थलबाट अभियुक्तहरू फरार भएका छन्। प्रारम्भिक अनुसन्धानमा समूहभित्र आपसी विवादकै कारण हत्या भएको आशंका गरिएको छ।

घटनास्थलको मुचुल्का उठाउने र अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ। मृतक युवकको पूर्ण परिचय खुल्न बाँकी छ।

हाल घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको सिन्धुलीका प्रहरीले जानकारी दिए।

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार २१:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !