जनकपुरमा युवकको ह’त्या : आरोपित युवती सार्वजनिक

जनकपुरमा युवकको ह’त्या : आरोपित युवती सार्वजनिक
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ५, सोमबार १२:३०
जनकपुरमा युवकको ह’त्या : आरोपित युवती सार्वजनिक

जनकपुरधाम : महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेश यादव (शनी) हत्या प्रकरणमा संलग्न आरोपमा प्रहरीले एक युवतीलाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै महोत्तरीको बलवा नगरपालिका–७ बनौटाकी २४ वर्षीया जुली झालाई सार्वजनिक गरेको हो। झामाथि जनकपुरधामको होटल ‘एसपी एण्ड गेष्ट हाउस’मा यादवको हत्या गरेको आरोप छ।

ADVERTISEMENT

प्रहरीका अनुसार शनिबार राति ९:५५ बजे यादव र झा होटल प्रवेश गरेका थिए। त्यसको करिब पाँच घण्टापछि, आइतबार बिहान २:५७ बजे यादव होटलको पहिलो तलाबाट नग्न र रक्ताम्य अवस्थामा खसेका थिए। घटनाको केही क्षणमै झा तल ओर्लेर होटलबाट भागेको देखिने दृश्य होटलको सिसीटिभी क्यामेरामा कैद भएको प्रहरीले जनाएको छ।

गम्भीर अवस्थामा रहेका यादवलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएको थियो। उपचारका क्रममा आइतबार बिहान ७:४५ बजे उनको मृत्यु भएको हो।

प्रहरीले घटनास्थलबाट रगतले पोतिएको कपडा, छुरा र अन्य सामग्री बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले झालाई आइतबार दिउँसो पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार १२:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !