बलात्कार आरोपमा मधेशका पूर्वप्रदेश प्रमुख झा पक्राउ

बलात्कार आरोपमा मधेशका पूर्वप्रदेश प्रमुख झा पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार २०:१५
बलात्कार आरोपमा मधेशका पूर्वप्रदेश प्रमुख झा पक्राउ

काठमाडौं : मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरको विशेष टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो। झामाथि एक बालिकामाथि बलात्कार गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

ADVERTISEMENT

यसअघि जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर गत जेठ महिनामा अनुसन्धान प्रक्रिया सुरु गरिएको थियो।

प्रहरीका अनुसार झामाथि थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गराइएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार २०:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !