सिरहाका मुसहर बस्तीमा खानेपानी वितरण सुरु

सिरहाका मुसहर बस्तीमा खानेपानी वितरण सुरु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३, शनिबार १५:४६
सिरहाका मुसहर बस्तीमा खानेपानी वितरण सुरु

सिरहा : सिरहाको लहान नगरपालिका–१ र २ का दलित मुसहर बस्तीहरूमा खानेपानीको चरम अभाव भएको बेला मधेश प्रदेश सरकारअन्तर्गतको डिभिजन वन कार्यालय लहानले ट्याक्टरको ट्यांकीमार्फत पिउने पानी वितरण सुरु गरेको छ।

गर्मी र खडेरीका कारण स्थानीय बासिन्दा प्रभावित बनेका बेला मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा पानी वितरण सुरु गरिएको हो। डिभिजन वन कार्यालय लहानले दैनिक उपभोगका लागि आवश्यक पानी ट्यांकरमार्फत बस्तीमा पुर्‍याइरहेको छ।

ADVERTISEMENT

जनमत पार्टीका केन्द्रीय सदस्य बालेश्वर यादवको अगुवाइमा पानी वितरण गरिएको हो। नेता यादवले भने, “बस्तीका बासिन्दा पानीको चरम अभावमा थिए। हामीले तत्काल राहतस्वरूप ट्यांकरमार्फत पिउने पानी पुर्‍याएका छौं।”

उनले खानेपानीको समस्या अहिले केवल सिरहा मात्र होइन, मधेश प्रदेशका आठवटै जिल्लामा देखिएको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य जरुरी रहेको बताए। “यस्तो अवस्थामा एउटा प्रदेश सरकारले मात्र राहत पुर्‍याएर पुग्दैन, संघ र स्थानीय तहले पनि तत्काल चासो दिनुपर्छ,” उनले भने।

यादवले अघिल्ला वर्षहरूमा पनि यस्तै समस्याहरू देखिँदा कुनै सरकारले ध्यान नदिएको आरोप लगाए। तर अहिलेको जनमत पार्टी नेतृत्वको प्रदेश सरकारले जनताको पीडा बुझेर प्रत्यक्ष राहत दिएको भन्दै मुख्यमन्त्री सतिशकुमार सिंह र वनमन्त्री संजय यादवप्रति आभार व्यक्त गरे।

प्रकाशित मिति: २०८२ श्रावण ३, शनिबार १५:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !