अभद्र व्यवहार अभियोगमा रोशनी पक्राउ, अनुसन्धान जारी

अभद्र व्यवहार अभियोगमा रोशनी पक्राउ, अनुसन्धान जारी
मधेशपत्र मधेशपत्र २०८२ असार ३०, सोमबार ०२:३८
अभद्र व्यवहार अभियोगमा रोशनी पक्राउ, अनुसन्धान जारी

जनकपुरधाम : सामाजिक सञ्जाल टिकटकमा अभद्र भाषा प्रयोग गर्दै गालीगलौज गरेको अभियोगमा धनुषा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–२४ की २० वर्षीया रोशनी खातुनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। खातुनले टिकटक लाइभमार्फत सार्वजनिकरूपमा अभद्र गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ असार ३०, सोमबार ०२:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !