धनुषामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ असार २९, आईतवार ०९:१२
धनुषामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

जनकपुरधाम : धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

शनिबार बेलुकी मिथिलाबिहारी नगरपालिका–४, रमौलस्थित दक्षिणतर्फको सडक खण्डमा भएको दुर्घटनामा हंसपुर नगरपालिका–४, मधुकरी निवासी २५ वर्षीय उदय राउतको मृत्यु भएको हो।

ADVERTISEMENT

राउत मधेस प्रदेश ०२–००५ प ल ८८४२ नम्बरको मोटरसाइकलमा सवार थिए। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त हुँदा उनी गम्भीर घाइते भएका थिए।

घाइते राउतलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। अस्पतालमा पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

ललिया प्रहरी चौकीका इञ्चार्ज असई योगेन्द्र चौधरीका अनुसार दुर्घटनापछि राउतको अवस्था अत्यन्तै चिन्ताजनक रहेको थियो। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २०८२ असार २९, आईतवार ०९:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !