विद्या भण्डारीको राजनीतिमा प्रवेश सकारात्मक : झलनाथ खनाल

विद्या भण्डारीको राजनीतिमा प्रवेश सकारात्मक : झलनाथ खनाल
मधेशपत्र मधेशपत्र २०८२ असार २८, शनिबार १७:११
विद्या भण्डारीको राजनीतिमा प्रवेश सकारात्मक : झलनाथ खनाल

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेशलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।

शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले यस्तो धारणा राखेका हुन्। उनका अनुसार अहिले नेपालमा सबैभन्दा ठूलो वामपन्थी शक्ति नेकपा (एमाले) भए पनि पार्टीभित्रको नेतृत्व समस्याले वाम आन्दोलन विभाजित अवस्थामा पुगेको छ।

ADVERTISEMENT

खनालले भने, “अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा (एमाले) हो। तर, यसले अरू वाम शक्तिहरूसँग एकता गर्न नचाहेकै कारण वामपन्थी आन्दोलन विखण्डित भएको हो।”

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वाम एकताको आवश्यकता बुझेको खण्डमा उनको राजनीतिमा प्रवेश सकारात्मक हुने धारणा व्यक्त गरे। खनालले भने, “यदि विद्या भण्डारीले एमालेमा प्रवेश गरी वाम एकताका लागि पहल गर्न चाहन्छिन् भने, र अध्यक्ष बन्ने सोचसहित नेतृत्व गर्न खोजेकी हुन् भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ।”

उनका अनुसार विद्या भण्डारीको सक्रियताले वामपन्थी आन्दोलनमा नयाँ ऊर्जा थप्न सक्छ र एकता प्रक्रियालाई गति दिनसक्छ।

प्रकाशित मिति: २०८२ असार २८, शनिबार १७:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !