मन्त्री यादवद्वारा अग्निपीडितलाई ३५२ क्युफिट सालको काठ वितरण, २३ जनाले पाए राहत

मन्त्री यादवद्वारा अग्निपीडितलाई ३५२ क्युफिट सालको काठ वितरण, २३ जनाले पाए राहत
मधेशपत्र मधेशपत्र २०८२ असार २७, शुक्रबार २२:१५
मन्त्री यादवद्वारा अग्निपीडितलाई ३५२ क्युफिट सालको काठ वितरण, २३ जनाले पाए राहत

जनकपुरधाम : मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजयकुमार यादवले धनुषाका विभिन्न पालिकाका २३ जना दैवीप्रकोप अग्निपीडितलाई सालको काठ वितरण गरेका छन्।

शुक्रबार जनकपुरधामस्थित डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको काठ वितरण कार्यक्रममा मन्त्री यादवले अग्निपीडितलाई कुल ३५२.९२ क्युफिट सालको काठ हस्तान्तरण गरेका हुन्।

ADVERTISEMENT

काठ वितरण कार्यक्रममा डिभिजन वन कार्यालय धनुषाका प्रमुख बिनोद सिंहको अध्यक्षता रहेको थियो भने मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरे, प्रदेश वन निर्देशनालयका निर्देशक जगरनाथ जसवाल, कमला नगरपालिकाका मेयर बिशेश्वर प्रसाद यादव, डिभिजन वन कार्यालयका कर्मचारीसहित वन मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो।

काठ प्राप्त गर्ने लाभग्राहीहरूमा जनकपुरधाम उपमहानगरपालिका–४ का सुधिर कुमार कर्ण, मुखियापट्टी मुसहरनिया–५ का राम निवास यादव, राम नन्दन यादव, राम प्रवोध यादव, राम आशिष यादव, कमला नगरपालिका–२ का मोहन महतो निनिया, बटेश्वर गाउँपालिका–१ का श्रवण कुमार महतो, सबैला नगरपालिका–१३ का राम पुकार यादव, रघुवीर यादव, किरण कुमार यादव, नगराइन–४ की पुनम देवी सुनार, लक्ष्मीनिया–६ की सुरज देवी, जनकपुरधाम–२० का बिहारी महरा, धनुषाधाम–९ की बबि कुमारी कंठ, कमला–५ का सीताराम सहनी, रन्जु देवी सहनी, सानेलाल सहनी, राधा सहनी, चाँदनी सहनी, रामकुमार सहनी, बिहारी सहनी, जनकपुरधाम–१३ का दिनेश प्रसाद साह र जनकपुरधाम–१९ का नवल किशोर यादव छन्।

डिभिजन प्रमुख सिंहले वितरण गरिएको काठ १० दिनभित्र अनिवार्यरूपमा लैजान आग्रह गरे। “आजबाट १० दिनभित्र यहाँबाट काठ उठाइसक्नुपर्नेछ,” उनले भने, “स्थानीय चिरान मेसिनमार्फत काठलाई स्याल, ढोका, चौकट र कुठा बनाउन सकिनेछ।”

कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले अग्निपीडितको पीडामा राज्य जिम्मेवार बन्नुपर्ने बताए। “प्राकृतिक विपत्तिबाट पीडित भएकाहरूलाई राहत दिनु सरकारको दायित्व हो,” उनले भने, “काठको सहयोगले पुनर्निर्माणमा केही सहजता मिल्ने अपेक्षा गरेका छौं।”

प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार २२:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !