धनुषाको रमौलमा ७ सय वृक्षारोपण : मन्त्री यादवद्वारा अनुगमन, संरक्षणमा जोड

धनुषाको रमौलमा ७ सय वृक्षारोपण : मन्त्री यादवद्वारा अनुगमन, संरक्षणमा जोड
मधेशपत्र मधेशपत्र २०८२ असार २६, बिहीबार १७:३६
धनुषाको रमौलमा ७ सय वृक्षारोपण : मन्त्री यादवद्वारा अनुगमन, संरक्षणमा जोड

जनकपुरधाम : मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजयकुमार यादवले धनुषाको मिथिला बिहारी नगरपालिका–४, रमौलमा गरिएको वृक्षारोपण कार्यको अनुगमन गरेका छन्।

समृद्धिको लागि वन परियोजनाको सहयोगमा स्थानीयस्तरमा गठित हिल्सी बिल्सी वृक्षरोपण संरक्षण समूहले सञ्चालन गरेको अभियान अन्तर्गत करिब ७ सय बोट विरुवा रोपिएको हो। आँप, कटहर, लिच्ची, अमला, महगनी, टिक, आम्बा र वेलजस्ता विभिन्न प्रजातिका विरुवा रोपिएको समूहले जनाएको छ।

ADVERTISEMENT

बिहीबार वृक्षारोपण स्थलमा पुगेर मन्त्री यादवले कार्यक्रमको निरीक्षण गरेका थिए। उनले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण महत्वपूर्ण भएको उल्लेख गर्दै संरक्षण र स्याहारमा विशेष ध्यान दिनुपर्ने बताए।

“रोपेर मात्रै पुग्दैन, संरक्षण र स्याहार पनि उत्तिकै आवश्यक छ,” मन्त्री यादवले भने, “स्थानीय समुदायको सक्रिय सहभागितामै यस्ता कार्यक्रमले दीगो विकासमा योगदान दिन्छन्।”

उनले वृक्षारोपण कार्यक्रमको निरन्तरताका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा प्रदेश वन निर्देशनालयका प्रतिनिधि, परियोजना प्रमुख, नगरप्रमुख, संरक्षण समूहका सदस्य तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: २०८२ असार २६, बिहीबार १७:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !