मधेश सरकारलाई दिएको समर्थन नाउपाले लियो फिर्ता

मधेश सरकारलाई दिएको समर्थन नाउपाले लियो फिर्ता
मधेशपत्र मधेशपत्र २०८२ असार २४, मंगलवार १७:२६
मधेश सरकारलाई दिएको समर्थन नाउपाले लियो फिर्ता

जनकपुरधाम : नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् ।

ADVERTISEMENT

आज बसेको प्रदेश सभा बैठकमै उनले बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको दाबी गरिन् ।

उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी समेत गराइन्।

मधेशमा जनमत पार्टीका सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन गरेको थियो।

प्रकाशित मिति: २०८२ असार २४, मंगलवार १७:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !