कृष्णनगरमा चोरीको मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

कृष्णनगरमा चोरीको मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ असार २३, सोमबार ११:२४
कृष्णनगरमा चोरीको मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा चोरी गरिएको मोटरसाइकलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित लाजाबजार खड्डाका २५ वर्षीय सोनु कुर्मी रहेका छन्।

प्रहरीका अनुसार अषाढ २० गते दिउँसो करिब साढे ३ बजेको समयमा कृष्णनगर नगरपालिका–११ का रामनाथ चौधरीको नाममा दर्ता भएको मोटरसाइकल चोरी भएको थियो। कृष्णनगर–१ मा रहेको आरटीओ सडक खण्ड नजिकैबाट मोटरसाइकल हराएको विवरण प्राप्त भएपछि इलाका प्रहरी कार्यालय, कृष्णनगरले अनुसन्धान अघि बढाएको थियो।

ADVERTISEMENT

खोजतलासका क्रममा कृष्णनगर नगरपालिका–२ स्थित यात्रुगेटमा ती मोटरसाइकलसहित सोनु कुर्मी फेला परेका हुन्। उनलाई सोही स्थानबाट नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, कृष्णनगरमा राखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका कुर्मीले चलाइरहेको मोटरसाइकलको इन्जिन नम्बर MD2A57BZ8EWD21697 र चेसिस नम्बर DAZWED-11257 रहेको प्रहरीले पुष्टि गरेको छ। उक्त मोटरसाइकलको नम्बर लु २२ प ७४९७ हो।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीका अनुसार जिल्ला अदालत, कपिलवस्तुबाट आवश्यक म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित मिति: २०८२ असार २३, सोमबार ११:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !