मधेशमा बासको घेरा कि बर्बादीको बहाना : वन संरक्षणमा देखिएको लापरवाही

मधेशमा बासको घेरा कि बर्बादीको बहाना : वन संरक्षणमा देखिएको लापरवाही
मधेशपत्र मधेशपत्र २०८२ असार २०, शुक्रबार ०८:०८
मधेशमा बासको घेरा कि बर्बादीको बहाना : वन संरक्षणमा देखिएको लापरवाही

जनकपुरधाम : मधेश प्रदेशका आठै जिल्लामा विशेषगरी ग्रामीण क्षेत्रमा वन संरक्षणका नाममा बनाइने बासका घेराहरू दिगो समाधान बन्न नसकेको गुनासो बढ्दै गएको छ। सिरहा,सप्तरी, सर्लाही र पर्सा जस्ता जिल्लामा लाखौं रुपैयाँ खर्चिएर बनाइएका बासका बारहरू सुरुवातमै कमजोर देखिन थालेका छन्।

स्थानीय स्रोत र कारीगर प्रयोग गरी सस्तो र छिटो काम सकिने देखिए पनि संरक्षणको दृष्टिकोणले बासका घेराहरू निकै असफल सावित भएका छन्। बास छिटै सड्ने, भाँचिने र मर्मत सम्भव नहुने भएकाले राज्यको लगानी पानीमा बगिरहेको भन्दै सरोकारवालाहरू चिन्तित छन्।

ADVERTISEMENT

“बासको घेरा बनाउनु भनेको पैसा सकाएर सजावट गर्नुजस्तै हो,” एक स्थानीय वन उपभोक्ता समूहका पदाधिकारी भन्छन्, “सुरक्षा त दिनै सक्दैन। फलामको टि गार्ड नै व्यवहारिक र दीर्घकालीन समाधान हो।”

फलामको टि गार्ड महँगो पर्न सक्ने भए पनि टिकाउ, प्रभावकारी र मर्मत खर्च नलाग्ने भएकाले वन संरक्षणमा दीर्घकालीन समाधानका रूपमा देखिएको छ। तर, वन कार्यालयहरू सस्तो देखाउने लोभमा अझै पनि बासको विकल्पमा अडिग छन्।

सडक किनार, सामुदायिक वन र सार्वजनिक क्षेत्रका वृक्षारोपण कार्यक्रमहरूमा हाल पनि लाखौं रकम बासका घेरामा खर्च भइरहेको छ। तर न त ती रुख जोगिएका छन्, न त घेरा जोगिएको देखिन्छ।

वन जंगल संरक्षण अभियानीहरुले, ‘यदि यस्तो प्रवृत्ति तत्काल सुधार नगरे जनताको करको पैसा बर्बाद हुने मात्र होइन, मधेशका हरित क्षेत्र पनि संकटमा पर्न सक्छन्’ उनले बताए ।

प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०८:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !