उच्च अदालतको आदेश : डा. कुशवाहा नै स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक

उच्च अदालतको आदेश : डा. कुशवाहा नै स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार १९, बिहीबार १९:५५
उच्च अदालतको आदेश : डा. कुशवाहा नै स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक

जनकपुरधाम : मधेश प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णयलाई उच्च अदालत जनकपुरले बदर गर्दै डा. सुनिल प्रसाद कुशवाहालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशकको रूपमा काम गर्न अन्तरिम आदेश दिएको छ।

अदालतका न्यायाधीश राजुराम सिलवालको एकल इजलासले बिहीबार सुनाएको आदेशमा असार १२ गतेको मन्त्रिपरिषद्बाट केन्द्रको निमित्त प्रमुखमा राजीव झालाई पठाउने निर्णय कार्यान्वयन नगर्न स्पष्ट निर्देशन दिइएको छ।

ADVERTISEMENT

११औं तहका मेडिकल सुपरिटेन्डेन्ट डा. कुशवाहाको स्थानमा १०औं तहका राजीव झालाई जिम्मेवारी दिएको सरकारको निर्णयविरुद्ध डा. कुशवाहाले रिट दायर गरेका थिए।

रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त निर्णय विश्वासयोग्य नदेखिएको उल्लेख गर्दै सरकारलाई असार २७ गतेभित्र कारण देखाउन पनि आदेश दिएको छ।

आदेशमा अदालतले डा. कुशवाहालाई हालसम्मकै जिम्मेवारीमा पुनः काम गर्न दिन स्पष्ट निर्देशन दिँदै सो अवधिमा उक्त पदमा अन्य कुनै कर्मचारी खटाउन नपाइने व्यवस्था गरेको छ।

प्रकाशित मिति: २०८२ असार १९, बिहीबार १९:५५
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !