उखु किसानको अनुदान निरन्तरताका माग गर्दै जनमत पार्टीद्वारा मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

उखु किसानको अनुदान निरन्तरताका माग गर्दै जनमत पार्टीद्वारा मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ असार १८, बुधबार १९:३४
उखु किसानको अनुदान निरन्तरताका माग गर्दै जनमत पार्टीद्वारा मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

जनकपुरधाम : संघीय सरकारले उखु किसानका लागि दिँदै आएको अनुदान कटौती गरेपछि जनमत पार्टीले विरोध जनाएको छ।

जनमत पार्टी मधेश प्रदेश समन्वय समितिले बुधबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै संघीय सरकारको निर्णय फिर्ता गराउन आवश्यक पहल गर्न आग्रह गरेको हो।

ADVERTISEMENT

समितिका अध्यक्ष राम स्नेही यादवको नेतृत्वमा पुगेको टोलीले मुख्यमन्त्री सिंहलाई बुझाएको ज्ञापनपत्रमा उखु किसानको अनुदान कटौती गरेर सरकार किसानमाथि अन्याय गरिरहेको उल्लेख गरिएको छ।

‘मधेश प्रदेशको प्रमुख कृषि उपजमध्ये उखु एक हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘उखुमा आधारित किसानको जीविकोपार्जनलाई असर पार्ने गरी अनुदान कटौती गर्नु किसानमाथिको विभेदपूर्ण व्यवहार हो।’

पार्टीले संघीय सरकारसँग संवाद गरी अनुदानको निरन्तरताका लागि पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दै प्रदेश सरकार किसानको पक्षमा उभिनुपर्नेमा जोड दिएको छ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले उखु किसानको हितमा संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

ज्ञापन बुझाउने टोलीमा पार्टीका उपाध्यक्ष सन्तोष पटेल, सचिव कौशलेन्द्र गिरीसहितका नेता तथा कार्यकर्ता सहभागी थिए।

प्रकाशित मिति: २०८२ असार १८, बुधबार १९:३४
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !