पर्सामा मुकेश यादवसहित दर्जनौं नेता कार्यकर्ता जनमतमा प्रवेश,मन्त्री यादवद्वारा स्वागत

पर्सामा मुकेश यादवसहित दर्जनौं नेता कार्यकर्ता जनमतमा प्रवेश,मन्त्री यादवद्वारा स्वागत
मधेशपत्र मधेशपत्र २०८२ असार १८, बुधबार १८:०८
पर्सामा मुकेश यादवसहित दर्जनौं नेता कार्यकर्ता जनमतमा प्रवेश,मन्त्री यादवद्वारा स्वागत

जनकपुरधाम : पर्साको बहुदरमाई नगरपालिकाका युवा नेता मुकेश यादवसहित विभिन्न क्षेत्रका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।

बुधबार जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवको प्रमुख आतिथ्यमा वीरगन्जस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले पार्टीको औपचारिक सदस्यता ग्रहण गरेका हुन्।

ADVERTISEMENT

पार्टी प्रवेश गर्नेमा वीरगन्ज महानगरपालिका -७ का संजय रौनियार, वीरगन्ज महानगरपालिका – ८ की सरस्वती देवी, प्रमोद दाससहित दर्जनौं नेता कार्यकर्ता छन्। उनीहरूलाई मन्त्री यादवले टीका, अबिर र पार्टीको सदस्यता हस्तान्तरण गर्दै स्वागत गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री यादवले जनमत पार्टी स्वराज आन्दोलनको माटोबाट उठेको पार्टी भएको उल्लेख गर्दै नवप्रवेशीहरूलाई संगठित भएर अघि बढ्न आग्रह गरे।

“जनमत अब विकल्प होइन, परिवर्तनको लागि अपरिहार्य शक्ति बन्दै गएको छ,” मन्त्री यादवले भने, “यस्ता नयाँ पुस्ताका नेताहरूको आगमनले पार्टी अझ बलियो हुनेछ।”

पार्टीका जिल्ला, नगर र वडास्तरीय नेताहरूको उपस्थिति रहेको कार्यक्रममा संगठन सुदृढीकरण, स्थानीय तहमा जनजागरण र आगामी राजनीतिक कार्ययोजनाबारे समेत छलफल गरिएको थियो।

प्रकाशित मिति: २०८२ असार १८, बुधबार १८:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !