महोत्तरीमा बालिका ह त्या प्रकरण : ४ वर्षपछि दुईजना पक्राउ

महोत्तरीमा बालिका ह त्या प्रकरण : ४ वर्षपछि दुईजना पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ असार १६, सोमबार ०९:४५
महोत्तरीमा बालिका ह त्या प्रकरण : ४ वर्षपछि दुईजना पक्राउ

महोत्तरी : महोत्तरीको बर्दिबासमा चार वर्षअघि ६ वर्षीया बालिका गुलाब्सा खातुनको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा फरार दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनामा संलग्न रहँदै फरार रहेका गौशाला नगरपालिका–५ घर भई बर्दिबास नगरपालिका–१४ शुभम बस्ती बसोबास गर्ने ६० वर्षीय राजकिशोर साह र उनकी ५१ वर्षीया श्रीमती सुशीला देवी साहलाई आइतबार सार्वजनिक गरेको हो।

ADVERTISEMENT

भारतमा लुकीछिपी बस्दै आएका उनीहरू हालै जलेश्वर नगरपालिका–१२, नैन्हीस्थित आफन्तको घरमा आएका बेला प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हेरम्ब शर्मा जानकारी दिए।

प्रहरीका अनुसार उनीहरूले हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफ्ना छोरा अरुण कुमार साहलाई बालिकाको शव लुकाउन सहयोग गरेका थिए। उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत महोत्तरीमा पेश गरिएको प्रहरीले जनाएको छ।

२०७७ साल मंसिर ९ गते बर्दिबास–१४ शुभम बस्तीमा डेरा गरी बस्दै आएकी बाराको कलैया नगरपालिका–१५ की ६ वर्षीया गुलाब्सा खातुनको बलात्कारपछि हत्या भएको थियो। घरबाट हराएकी बालिकाको शव घर नजिकैको झाडीमा भेटिएको थियो।

घटनापछि प्रहरीले दुई दिनमै राजकिशोरका छोरा २६ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको थियो। उनीमाथि बलात्कारपछि हत्या अभियोगमा मुद्दा दायर भई हाल जलेश्वर कारागारमा थुनामा छन्।

प्रकाशित मिति: २०८२ असार १६, सोमबार ०९:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !