पूर्वमन्त्री मोहन बस्नेतसँग २५ लाख धराैटी माग

पूर्वमन्त्री मोहन बस्नेतसँग २५ लाख धराैटी माग
मधेशपत्र मधेशपत्र २०८२ असार १६, सोमबार ०६:२३
पूर्वमन्त्री मोहन बस्नेतसँग २५ लाख धराैटी माग

काठमाडौं : विशेष अदालतले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसँग २५ लाख धरौटी माग गरेको छ ।

भ्रष्टाचार मुद्दा लागेका बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए । बयानलगत्तै थुनछेक बहस भएको थियो ।

ADVERTISEMENT

दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: २०८२ असार १६, सोमबार ०६:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !