डा. सीके राउतले मुख्यमन्त्री सिंहसहित आफ्ना मन्त्रीलाई काठमाडौं तानिए

डा. सीके राउतले मुख्यमन्त्री सिंहसहित आफ्ना मन्त्रीलाई काठमाडौं तानिए
जयनाथ पण्डित जयनाथ पण्डित २०८२ असार १५, आईतवार २१:५७
डा. सीके राउतले मुख्यमन्त्री सिंहसहित आफ्ना मन्त्रीलाई काठमाडौं तानिए

काठमाडौं : मधेश प्रदेश सरकारको बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मुख्यमन्त्री सतिशकुमार सिंहसहित आफ्नै पार्टीका मन्त्रीहरूलाई काठमाडौं बोलाएका छन्।

जनमतकै नेतृत्वमा सरकार गठन भए पनि पार्टीले सिफारिस गरेका योजनाहरू बजेटको रेडबुकमा समावेश नभएको र समावेश भएकामा पनि अत्यन्तै कम रकम विनियोजन गरिएको भन्दै डा. राउतले असन्तुष्टि जनाएका हुन्।

ADVERTISEMENT

पार्टी स्रोतका अनुसार मुख्यमन्त्री सिंहसँगै उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहा र वन तथा वातावरणमन्त्री संजयकुमार यादवलाई पनि पार्टी कार्यालय काठमाडौं बोलाइएको छ। मुख्यमन्त्री सिंहसहित मन्त्रीहरु आज बिहाननै काठमाडौं पुगेका थियो। आज दिउँसो २ बजेदेखी पार्टी अध्यक्ष डा.राउतसहितका नेताहरुको उपस्थितिमा मुख्यमन्त्री र मन्त्रीहरुसंग योजनाहरु बारे सोधपुछ गरेका छन् ।

पार्टीले पठाएका योजनाहरू किन हटाइयो र समावेश योजनामा न्यून बजेट किन राखियो भन्ने विषयमा जवाफ मागिएको जनाइएको छ।

जनमत पार्टीका उपाध्यक्षसमेत रहेका वसन्त कुशवाहाले नेतृत्व गरिरहेको उद्योग ,वाणिज्य तथा पर्यटन मन्त्रालयमा पार्टीले पठाएको योजनाहरुमा ५/१० लाख मात्रै छुट्याइएको छ।भने अरु माध्यमबाट गएको योजनाहरुमा ३५-५० लाखसम्म छुट्याएको विषयमा पनि गम्भीर छलफल भएको एक नेताले मधेशपत्रसंग कुरा गर्दै उनले भने कार्यकर्ताहरुको योजनामा ५/५ लाख अनि अरुको योजनमा ५० लाखसम्म कसरी राखिएकोप्रती मन्त्री कुशवाहामाथी गम्भीर प्रश्न उठिरहेको छ।

मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुलाई सोधपुछ गरेपछि उनिहरु आजै साँझ जनकपुर फर्किएको छ।

जनमत पार्टी मातहत रहेका मन्त्रालयहरूमा अपेक्षाकृत कम बजेट विनियोजन गरिएकोप्रति डा. राउत असन्तुष्ट छन्। मधेश प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरे पनि अहिलेसम्म प्रदेशसभामा बजेटबारे छलफल सुरु भएको छैन।

 

प्रकाशित मिति: २०८२ असार १५, आईतवार २१:५७
जयनाथ पण्डित

जयनाथ पण्डित

लेखक


तपाईको प्रतिक्रिया !