एसईईमा धनुषाका १६ विद्यार्थीको ४ जीपीए, मोनाष्टिकबाट सबैभन्दा बढी

एसईईमा धनुषाका १६ विद्यार्थीको ४ जीपीए, मोनाष्टिकबाट सबैभन्दा बढी
मधेशपत्र मधेशपत्र २०८२ असार १५, आईतवार ०६:२९
एसईईमा धनुषाका १६ विद्यार्थीको ४ जीपीए, मोनाष्टिकबाट सबैभन्दा बढी

जनकपुरधाम : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धनुषाका १६ जना विद्यार्थीले ४ जिपिए (GPA) ल्याएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ, धनुषाका अनुसार सबैभन्दा धेरै मोनाष्टिक सेकेन्डरी स्कूलका विद्यार्थीले ४ जिपिए हासिल गरेका हुन्।

मोनाष्टिकबाट ५ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् भने जनता मावि बनिनिया गोपालपुरबाट ३ जना विद्यार्थीले सोही स्तरको परिणाम ल्याएका छन्। बाँकी विद्यार्थीहरू जिल्लाका विभिन्न विद्यालयहरूबाट रहेका छन्।

ADVERTISEMENT

चार जिपिए ल्याउने विद्यार्थीहरूमा सरस्वती मावि जनकपुरधामका सलोक लाभ कर्ण, जनता मावि बनिनिया गोपालपुरका ओसिका कुमारी यादव, रविराज पूर्वे, रामकृष्ण यादव, तपसीबाबा मावि टिल्हीका कशिटिज राउत, सिद्धार्थ शिशु सदनका सन्तोषकुमार कापर छन्।

त्यस्तै, मोनाष्टिकका अभिनाश यादव, अभिनव कर्ण, अमन महतो, ओहिराज पण्डित, प्रिन्स मोदी, प्रियमराज साह, साउथ प्वाइन्ट इङ्लिस बोर्डिङ स्कुलका राहुल साह, जनक सेकेन्डरी इङ्लिस स्कुलका हिमांशु झा, मिट स्कुलका हिमांशु महतो र एजुकेसन प्वाइन्ट एकेडेमीका रोहितकुमार यादव पनि ४ जिपिए प्राप्त गर्ने सूचीमा परेका छन्।

धनुषाका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको शैक्षिक स्तरमा निरन्तर सुधार हुँदै गएको शिक्षा इकाइले जनाएको छ।

प्रकाशित मिति: २०८२ असार १५, आईतवार ०६:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !