एसईईको नतिजा सार्वजनिक : कुन प्रदेशबाट कति विद्यार्थी भए उत्तीर्ण ?

एसईईको नतिजा सार्वजनिक : कुन प्रदेशबाट कति विद्यार्थी भए उत्तीर्ण ?
मधेशपत्र मधेशपत्र २०८२ असार १३, शुक्रबार २१:१०
एसईईको नतिजा सार्वजनिक : कुन प्रदेशबाट कति विद्यार्थी भए उत्तीर्ण ?

काठमाडौँ : २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् ।

शुक्रबार साँझ सार्वजनिक गरिएको नतिजा अनुसार बागमती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् ।

ADVERTISEMENT

त्यसपछि लुम्बिनी प्रदेशबाट विद्यार्थी उत्तीर्ण भएका छन् । लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९,७४९, गण्डकी प्रदेशबाट ४७,८४९, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९, ८०४ विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार २१:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !