वीरगञ्जमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

वीरगञ्जमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते
मधेशपत्र मधेशपत्र २०८२ असार १३, शुक्रबार १८:३८
वीरगञ्जमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

वीरगञ्ज : पर्सामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन्।

वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेलको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ADVERTISEMENT

ट्याक्टर तीब्र गतिमा रहेका कारण अनियन्त्रित भई सडकबाट झन्डै १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवाष भट्टले बताए।

उनका अनुसार ट्याक्टरमा नम्बर प्लेट उल्लेख नभएको र भेडाहा खोलाबाट माटो बोकेर बगहीतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना परेको हो।

ट्याक्टर दुर्घटनामा घाइते भएका जयकुमार मण्डलको नारायणी अस्पतालमा उपचार भइरहेको डीएसपी भट्टले जानकारी दिए।यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार १८:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !