मोरङमा माओवादी र लोसपाका सयौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश

मोरङमा माओवादी र लोसपाका सयौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ असार १३, शुक्रबार १५:३१
मोरङमा माओवादी र लोसपाका सयौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश

मोरङ : मोरङको जहदा र टंकिसिनुवारी क्षेत्रका माओवादी र लोसपासँग आवद्ध सयौं नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।

शुक्रबार बुढिगंगा गाउँपालिकाको टकिसिनुवारीस्थित जेसिस भवनमा आयोजित कार्यक्रममा उनीहरूले औपचारिक रुपमा जनमत पार्टीको सदस्यता ग्रहण गरेका हुन्।

ADVERTISEMENT

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अबीर, माला र गम्छा लगाएर उनीहरूलाई स्वागत गरेका थिए।

प्रवेश गर्नेहरूमा पूर्व संविधानसभा सदस्य तथा माओवादीका नेतृत्त्व तहका बाबूलाल पासमान, लोसपाका जोगेन्द्र मुखियासहित नेताहरु लगायत जहदाका विभिन्न वडास्तरका नेताहरू छन्।

उनीहरूले अब जनताको पक्षमा नयाँ राजनीति गर्न जनमत पार्टी रोजेको बताए।

अध्यक्ष डा. राउतले जनमत पार्टीमा दिनप्रतिदिन जनताको आकर्षण बढिरहेको भन्दै नयाँ प्रवेशीलाई पार्टीको सिद्धान्त अनुसार संगठित ढंगले अघि बढ्न आग्रह गरे।

कार्यक्रममा प्रदेश र स्थानीय तहका नेताहरूको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार १५:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !