जनकपुरधाममा रक्तदान कार्यक्रम शनिबार हुने

जनकपुरधाममा रक्तदान कार्यक्रम शनिबार हुने
मधेशपत्र मधेशपत्र २०८२ असार १३, शुक्रबार ०९:३५
जनकपुरधाममा रक्तदान कार्यक्रम शनिबार हुने

जनकपुरधाम : जनकपुर जेसीजको आयोजनामा शनिबार बिहान रक्तदान कार्यक्रम हुने भएको छ।

कार्यक्रम भोलि शनिबार बिहान ७ बजेबाट जनकपुरधामको जनकचोकमा सञ्चालन हुने जनकपुर जेसीजका अध्यक्ष मुकेश साहले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार “मानवता र सामाजिक उत्तरदायित्वको भावना बोकेर” आयोजना गरिएको यस रक्तदान कार्यक्रममा जनकपुर जेसीज २०२५ का पदाधिकारी, अध्यक्षीय सल्लाहकार, पूर्व अध्यक्ष, संस्था सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू तथा मानव सेवामा आस्था राख्ने सम्पूर्ण व्यक्तिहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।

साहले सम्पूर्ण जनसमुदायलाई रक्तदान कार्यक्रममार्फत समाजसेवामा सहभागी हुन र कार्यक्रम सफल पार्न उपस्थित भई सहयोग गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार ०९:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !