संघीय लोकतान्त्रिक मोर्चाको बैठक सकियो, आइतबार पुनः बस्ने एजेन्डाहरुमा छलफल

संघीय लोकतान्त्रिक मोर्चाको बैठक सकियो, आइतबार पुनः बस्ने एजेन्डाहरुमा छलफल
मधेशपत्र मधेशपत्र २०८२ असार १२, बिहीबार १९:०६
संघीय लोकतान्त्रिक मोर्चाको बैठक सकियो, आइतबार पुनः बस्ने एजेन्डाहरुमा छलफल

काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाको बिहीबार बसेको बैठक आइतबार पुनः बस्ने गरी सम्पन्न भएको छ।

लाजिम्पाटमा बसेको बैठकमा मोर्चासम्बद्ध घटक दल जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले जानकारी दिए।

ADVERTISEMENT

उपाध्यक्ष खानका अनुसार विभिन्न विषयमा एजेन्डा पेस गरिएको छ। ती एजेन्डामाथि आइतबार दिउँसो १ बजे बस्ने बैठकले विस्तृत छलफल गर्नेछ।

उनका अनुसार बिहीबारको बैठकमा रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचन, मोर्चाको भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजबन्दीको रिहाइ लगायतका विषयहरू एजेन्डाका रूपमा प्रस्तुत गरिएको छ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले अध्यक्षता गरेका थिए।

बैठकमा जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन, रामकुमार शर्मा, नागरिक उन्मुक्तिबाट रेशमलाल चौधरी, लालवीर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा, सिएन थारु,
लोसपाबाट अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपा नेपालबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ असार १२, बिहीबार १९:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !