वनमन्त्री यादवको पहलमा पर्यावरण संरक्षणमा युवाको भूमिका बलियो पार्ने प्रयास

वनमन्त्री यादवको पहलमा पर्यावरण संरक्षणमा युवाको भूमिका बलियो पार्ने प्रयास
मधेशपत्र मधेशपत्र २०८२ असार ११, बुधबार १७:४६
वनमन्त्री यादवको पहलमा पर्यावरण संरक्षणमा युवाको भूमिका बलियो पार्ने प्रयास

जनकपुरधाम : मधेस प्रदेश सरकारअन्तर्गत वन तथा वातावरण मन्त्रालयले जनकपुरधाम उपमहानगरपालिकालाई ‘हरित सहर’को रूपमा विकास गर्न विद्यार्थी संगठनहरूसँग सर्वदलीय बैठक गरेको छ।

ADVERTISEMENT

मधेस सरकारका वन तथा वातावरण मन्त्री संजय यादवको पहलमा सोमबार मन्त्रालयको सचिवालयमा सम्पन्न बैठकमा सात दलका विद्यार्थी संगठनका प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकमा मन्त्री यादवले विद्यार्थीहरू स्वस्फूर्त रुपमा नजुटेसम्म वन क्षेत्रको फडानी रोक्न सरकारका लागि चुनौतीपूर्ण हुने बताउँदै युवाहरू नै परिवर्तन र क्रान्तिका संवाहक भएको उल्लेख गरे।

“देशमा वास्तविक परिवर्तन ल्याउने शक्ति युवामै छ। पर्यावरण जोगाउने अभियानमा विद्यार्थीको संलग्नता अनिवार्य छ,” मन्त्री यादवले भने।

उनले चाडपर्वको अवसरमा प्रत्येक घरबाट कम्तीमा एक रुख रोप्ने अभियान चलाउन र स्थानीय तहमा जन्मदर्ता प्रक्रियालाई रुख रोपाइँसँग जोड्न सुझाव दिए।

“हरेक नवजात शिशुको नाममा एक रुख रोपिएपछि मात्र जन्मदर्ता प्रमाणपत्र प्रदान गर्न सकिने नीतिको तयारी गरिनुपर्छ,” मन्त्री यादवको भनाइ थियो।

बैठकमा सहभागी विद्यार्थी संगठनका प्रतिनिधिहरुले पनि आ–आफ्ना धारणा र सुझावहरू राख्दै हरियाली अभियानलाई विद्यार्थीस्तरमा व्यापक बनाउने प्रतिबद्धता जनाए।

सर्वदलीय बैठकको समन्वय विद्यार्थी जनमत संघ, राजर्षि जनक विश्वविद्यालय समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य सशिकान्त मण्डलले गरेका थिए। बैठकमा सहभागी संगठनहरूमध्ये अधिकांशले हरित सहर निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: २०८२ असार ११, बुधबार १७:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !