धनुषाको बासुदेवपट्टिमा मोटरसाइकल र ई–रिक्सा ठोक्किँदा तीन जना घाइते

धनुषाको बासुदेवपट्टिमा मोटरसाइकल र ई–रिक्सा ठोक्किँदा तीन जना घाइते
मधेशपत्र मधेशपत्र २०८२ असार ११, बुधबार १४:५२
धनुषाको बासुदेवपट्टिमा मोटरसाइकल र ई–रिक्सा ठोक्किँदा तीन जना घाइते

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाको बासुदेवपट्टिमा मोटरसाइकल र ई–रिक्सा एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

जनकपुर–यदुकुहा हुलाकी राजमार्ग खण्डमा मंगलबार भएको दुर्घटनामा मोटरसाइकल चालक शहीदनगर–८ डुमरिया निवासी लक्ष्मण यादव र उनका भतिजा गम्भीर घाइते भएका हुन्। ई–रिक्सा चालकसमेत घाइते भएको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ।

ADVERTISEMENT

घाइते तीनै जनाको जनकपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ असार ११, बुधबार १४:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !