धनुषाको जनकनन्दिनी गाउँपालिकाको ४१ करोडको बजेट सार्वजनिक

धनुषाको जनकनन्दिनी गाउँपालिकाको ४१ करोडको बजेट सार्वजनिक
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार १०, मंगलवार २१:५२
धनुषाको जनकनन्दिनी गाउँपालिकाको ४१ करोडको बजेट सार्वजनिक

जनकपुरधाम : धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड ६० लाख ८७ हजार २४१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १३औँ गाउँसभा विशेष समारोहबीच सम्पन्न भएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासको अध्यक्षता र गाउँपालिका अध्यक्ष दिपिनदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न सभामा उपाध्यक्ष सहगलले नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेकी थिइन्।

ADVERTISEMENT

भौतिक पूर्वाधारदेखि सामाजिक सुरक्षासम्म प्राथमिकता

उपाध्यक्ष सहगलले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य सेवा, कृषि प्रवर्द्धन, महिला तथा बालबालिका सशक्तिकरण, विपद् जोखिम न्यूनीकरण, वातावरणीय संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको उल्लेख छ।

“जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीचको सहकार्यमा असोज महिनादेखि विकास निर्माणका काम अघि बढाइनेछ,” सहगलले भनिन्, “चालु खर्चभन्दा बढी पुँजीगत खर्च सुनिश्चित गरिनेछ।”

समयमै बजेट पारित, योजना छनोटमा तीव्रता

गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट समयमै पारित गर्नुका साथै योजनाको छनोट तथा लागत अनुमान प्रक्रियामा तीव्रता दिने प्रतिबद्धता जनाएको छ। वडास्तरमा आएका मागलाई प्राथमिकताका आधारमा वर्गीकरण गर्दै पारदर्शी ढंगले कार्यान्वयन गरिने बताइएको छ।

‘अब विकास कागजमा होइन, घरदैलोमा पुग्नेछ’

गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले विगत वर्षका उपलब्धिहरू प्रस्तुत गर्दै यस वर्षको बजेट प्रभावकारी सेवा प्रवाह र समावेशी विकासमा केन्द्रित हुने बताए। उनले भने, “अब विकास कागजमा होइन, जनताको घरदैलोमा देखिनेछ। वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको साथमा असोजदेखि नै योजनाहरू कार्यान्वयन गरिनेछ।”

प्रमुख योजनाहरू : खानेपानी, शिक्षा, कृषि, उद्यमशीलता

यस वर्षका लागि शुद्ध खानेपानीको पहुँच विस्तार, सामुदायिक विद्यालय सुधार, स्थानीय सडक मर्मत तथा निर्माण, कृषि यान्त्रीकरण, महिला उद्यमशीलता प्रवर्द्धन, युवा सीप विकास तालिम, विपद् पूर्वतयारी र स्वच्छता अभियान जस्ता योजना प्राथमिकतामा परेका छन्।

त्यस्तै, संघीय तथा प्रदेश सरकारसँग सहकार्यमा सञ्चालनमा रहेका परियोजनाहरूलाई निरन्तरता दिने जनाइएको छ। विकास निर्माणमा गम्भीरता, गति र पारदर्शिता कायम गर्न योजना अनुगमन तथा मूल्यांकन संयन्त्रलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको छ।

उपस्थिति र सहभागिता : वडाध्यक्षदेखि कर्मचारीसम्म सक्रिय

गाउँसभामा वडा नं. १ का वडाध्यक्ष संतोष गोईत, वडा नं. २ का अब्दुल मालिक शेख, वडा नं. ३ का विष्णुदेव साह बानियाँ, वडा नं. ४ का दिलिप कुमार यादव, वडा नं. ५ का अशोक मण्डल, वडा नं. ६ का सूर्यदेव यादवसहित कार्यपालिका सदस्य र विभिन्न शाखाका कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।

कर्मचारीतर्फ आईटिओ शाखाका ऋषिकेश यादव, जिन्सी शाखाका रामनरेश ठाकुर, कम्प्युटर अपरेटर सँजय यादव, प्रशासन शाखाका लालबाबु पण्डित, प्राविधिक शाखाका मुकेश मण्डल, अर्जुन मण्डल, राजेश साह, रेमी परियोजनाका सुनिल पासवान, सामाजिक विकास शाखाका विकास ठाकुर, रोजगार शाखाका रँजय मरिता, सुरेन्द्र यादव, कृति चौधरी, स्वास्थ्य शाखाका रविभुषण मण्डल, कृषिका भरत चौधरी लगायतको सक्रिय सहभागिता रहेको थियो।

गाउँपालिकाले सहभागीतामूलक प्रक्रिया अपनाउँदै आगामी वर्षलाई विकास र सेवा प्रवाहको आधार वर्ष बनाउने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार २१:५२
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !