कृषकबाट उपज खरिद गरी सर्वसाधारणलाई वितरण गर्नुपर्छ : सांसद लखन दास

कृषकबाट उपज खरिद गरी सर्वसाधारणलाई वितरण गर्नुपर्छ : सांसद लखन दास
मधेशपत्र मधेशपत्र २०८२ असार १०, मंगलवार १६:२३
कृषकबाट उपज खरिद गरी सर्वसाधारणलाई वितरण गर्नुपर्छ : सांसद लखन दास

जनकपुरधाम : मधेश प्रदेशसभा सदस्य लखन दासले कृषकको उत्पादनलाई स्थानीय सरकारले सिधै खरिद गरी सर्वसाधारणलाई वितरण गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

धनुषाको विदेह नगरपालिकाको १०औं नगरसभाको उद्घाटन गर्दै सांसद दासले कृषकले उत्पादन गरेका उपज बजारमा नपुग्दा उचित मूल्य नपाउने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।

ADVERTISEMENT

“कृषकबाट प्रत्यक्ष रूपमा उपज खरिद गरी स्थानीय उपभोक्तालाई सहज रूपमा वितरण गर्ने प्रणाली विकास गर्नुपर्छ,” सांसद दासले भने, “यसले कृषकलाई प्रोत्साहन र उपभोक्तालाई सहजता दुवै दिन्छ।”

उनले दलित र विपन्न समुदायका बालबालिका अझै विद्यालय बाहिर रहेको उल्लेख गर्दै विद्यालय भर्ना सुनिश्चित गर्न स्थानीय सरकार गम्भीर हुनुपर्ने बताए।

नगर प्रमुख बेचन दासले सभामा विगतको कार्यकालको प्रगति विवरण प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक, नाला र कृषि क्षेत्रमा महत्वपूर्ण सुधार भएको दाबी गरे। उनले विदेह नगरको एकीकृत विकास योजनाअन्तर्गतका निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।

नगर प्रमुख दासको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख आशा देवी झा, प्रमुख प्रशासकीय अधिकृत मनोहर यादव, वडाध्यक्षहरू राधेश्याम गोईत (देवेन्द्र), संजय पाण्डे, सुरेश कापर, जयराम मण्डल, रामपुकार सहनीलगायतको उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन रामएकवाल मण्डलले गरेका थिए।

नगरसभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि ५० करोड ५१ लाख ५ सय २५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ। बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक क्षेत्रमा केन्द्रित कार्यक्रमहरू समेटिएको छ।

 

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार १६:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !